घुम्ती झ्यालमा तपाईंहरुलाई न्यानो स्वागत छ | हुन त 'स्वागतै गर्नेले गलैंचामा, सोफामा बसाउनुपर्ने हो, झ्यालमा त चिसो बतास पनि आउँछ, कहाँ न्यानो हुन्छ र ?' भन्नुहोला | तपाईं बसुन्जेल एक छिन घाम लागेको झ्याल सम्झिदिनुहोला, त्यत्तिले पुग्छ | फेरी 'यो चल्ती झ्यालमा घाम कहाँ एकै ठाउँमा परिरहन्छ र?' नभन्नुहोला | खासमा घाम घुम्ने भएको हुनाले नै झ्याल पनि घुम्ने बनाएको पो त | एकै ठाउँमा रहि रहने झ्यालमा त एकै छिन मात्रै पो घाम पर्छ नि, हैन र ?
'घुम्ती' भन्नासाथ यो मनखुशी झ्याल हो भन्ने बुझिहाल्नु भयो होला | यहाँको पनि मनखुशी | पढ्नु , नपढ़नु, कमेन्ट गर्नु , नगर्नु हरेक कुरा यहाँको खुशी ! यो 'घुम्ती झ्यालका खयालहरु' मेरा नितान्त व्यक्तिगत र पुराना तरानाहरु हुन् | समयक्रममा हामी सबै धेरै थोरै बदलिंछौँ | मेरा कविताहरुको प्रसंग र उपादेयता पनि कम भएको छ कतिपय ठाउँमा |
लोड शेडिंगको बेला, कोठाभित्र बत्ति पनि छैन | आउनुस झ्यालमा बसेर कुरा गरौँ |
No comments:
Post a Comment