Tuesday, July 26, 2011

चाहन्न......


फूललाई
यौवनलाई
सत्यलाई
र हृदयलाई दांजेर हेर्छु
उस्तै जस्तो लाग्छ
कलिलो घाम र फक्रिंदो फूल
उन्मुक्त चेहरा र उत्सुक मन
निर्मल जलतरंग र मणिभुत सत्य
म अंतस्करणलाई ज्ञानको कमारो बनाउन चाहन्न
मलाई जिउने रहर छ
मलाई उड़ने रहर छ
मलाई हाँस्ने रहर छ
मलाई पोखिएर छरिने, फैलने रहर छ
मलाई सम्हाल
म स्वबिबेकलाई समयको सांग्लोमा बाध्न चाहन्न

निविड़ निशारात्रिको गहिराईमा डुबेर

खूशिलाई
संतुष्टिलाई
पूर्णतालाई
र मुक्तिलाई
तौलेर
हेर्छु
उस्तै जस्तो लाग्छ
समेटिएको ख़ुशी
मन भरीको संतुष्टि
चिरप्रतीक्षित पूर्णता
र समग्र मुक्ति
म संसारको नियमले कुदाईन चाहन्न
मलाई डूब्न देऊ
मलाई देख्न देऊ
मलाई अनुभूत हुन देऊ
मलाई भत्काएर बिगारेर पुनर्निर्माण गर्न देऊ
मलाई संतृप्तता देऊ
म जीवनलाई परिभाषाको गोरेटोमा बहाउन चाहन्न

No comments:

Post a Comment