आंफु भित्र भित्रै बडेमा संघर्षहरुले युद्धस्थल मगिरहेछन
तरबारका धारहरु
धनुकाण र नक्षत्र युद्धका शस्त्रास्त्रहरु
किन हो कुन्नि कुस्ती खेली रहेछन मनभित्र
म बिथोलिएको छु त्यसैले
अन्तर्द्वन्दहरु युद्धमा परिणत भएपछी
मेरो मनभित्रको शान्ति खल्बलिएको छ
मेरो मानसपटलको संयोजन भत्किएको छ
कतै बिस्फोटन त फाट्ने होइन एकाबिहानै ?
धुवाँका मुस्लोहरु मडारिएपछि नील गगनमा
जसरी कम्पित धर्तीले आफुलाई असुरक्षित महसुस गर्छ
त्यसरी नै बिखण्डनको आभास मिल्दैछ कतैबाट
भयानक शंकाहरु ब्युंझाएर
गोरेटो छिरलिएको छ ज्ञात अज्ञात गन्तव्यहरुतिर
कतै बिलाईने त होइन यतै छेउ पाखामा ?
अनायासै असन्तुष्टिका स्वरहरुले बोल्न थालेका छन् सपनाहरुमा
बेसमयमै अपूर्णताको भयले सताउन आइपुगेको छ जिन्दगीमा
कतै रहरहरु अधुरै टुंगिने त होइनन निष्कर्षमा ?
आंफु भित्र भित्रै बडेमा संघर्षहरुले युद्धस्थल मगिरहेछन
आंफु भित्र भित्रै आंधी तुफानहरुले सीमा नघिरहेछन
No comments:
Post a Comment