Friday, March 9, 2012

सापट (केही टुक्रा)

सापट
लिनैमात्र परे हुन्थ्यो
तिर्न नपरे हुन्थ्यो
गजब हुन्थ्यो!
-----------------
सापट घरि घरि लिन मजा
म्याद सरी सरी लम्बिन मजा
दुवै टन्नै भएपछि
ढुक्कैले 'अनुदान' सम्झिन मजा
------------------------------
थाहै भएन,
सापटसंगै दोस्ती पनि
मैसँग आएको रहेछ
(
भरपुर उपयोग गरें!)
दुवै फर्काइन
-------------------------
सापट दिनसक्ने मान्छे पनि
पखाला लागेको जस्तो
के बिधि धाइरहेको होला यस्तो
नकच्चरो !
---------------------------
थाहा छ,
मलाई सापट दिने मान्छे
अचेल मैसँग तर्केर हिंड्नपर्ने
बनाइदिएको छु
----------------------------
सापट होस् कि जेसुकै होस्
आफ्नो हातको पैसा
अर्कालाई बुझाएर
बेवकुफ हुनु छैन म!

थाहा छ,
उतिबेला सापट नदिएको भए
तिम्रो सट्टा
उसैसंग कुम जोडिरहेको हुन्थें म 
---------------------------
तिर्नपर्ने भए
किन उसंग सापट लिन्थें ?
त्यत्तिका बैंक खुलेका छन्
उतै जान्थें
---------------------------
दोस्तीसंग खेलें
दामसंग खेलें
अब नामसंग खेल्छु

No comments:

Post a Comment