Tuesday, July 26, 2011

बुद्ध/ कृष्ण

एकाबिहानै
एउटा अद्भुत आकृतिले चियाएर हेर्यो ढोकाबाट
मैले भनेँयो भ्रम हुनुपर्छ
यो मृगतृष्णा हुनुपर्छ
र मेरो मनभित्रको कुंठा बाहिर निस्केको हुनुपर्छ
मैले ढोका खोल्दाकुनै रूप छैन, आकृति छैन
पदचाप छैन, आवाज छैन
तर होइन-
त्यसले हेरुन्जेल मैले अद्भुत शान्तिको महसूस गरें
मलाई अस्तित्वको रहस्यले झस्कायो
त्यो बुद्ध हुनुपर्छ
म संग कुनै तर्क छैन
त्यै पनि त्यो बुद्ध नै हुनुपर्छ
फेरि त्यसैगरि
एकदिन कसैले बोलाई रहें झै लाग्यो ईशाराले
मैले भनेँ यो सपना हुनुपर्छ
यो मोहजाल हुनुपर्छ
इन्द्रेनीझै निस्तत्व बस्तुले मलाई लोभ्याएको हुनुपर्छ
म दौड़दै जांदा
कुनै आकार छैन, उपस्थिति छैन
निस्वास छैन, पूकार छैन
तर होइन-त्यसको बोलाहटमा मैले अपार आनंदको महसूस गरें
मलाई जिउने लालसाले कुतकुत्यायो
त्यो कृष्ण हुनुपर्छ
मसँग कुनै प्रमाण छैन
त्यै पनि त्यो कृष्ण नै हुनुपर्छ

1 comment:

  1. titanium nose hoop on tap for sale | Tioga - TITORIA Art
    Shop titanium-arts.com | Tioga. Find quality ceramics, stainless steel, stainless steel and more for sale at our race tech titanium auction in Tioga, NY. Rating: 5 titanium tube · babyliss titanium flat iron ‎1 review titanium hair straightener · ‎$29.00 · ‎In titanium easy flux 125 amp welder stock

    ReplyDelete