Tuesday, July 26, 2011

जीवन मोह

यता जीवन मोहको सुन्दर बंगैंचा छ
रहरलाग्दो मुस्कुराईरहेको लालुपाते
जीवन्त हाँसी रहेको रातो गुराँस
छट्पटी, धुक्धुकी, उद्वेलन र आकांक्षाहरु
पोखिएर नसम्हालिएका
कति थाम्न सकिन्छ र चुलिएपछि मन
बतासको मन्द स्पर्शमा
लहलहाउन हतारिने धानका गाभाहरु
घाम झुल्कन नपाउँदै बग्न सलबलाउने हिमनदीहरू
आफूलाई आफ्नैभित्र विलाउन हराउन आतुर
त्राणहरुमा पनि सम्पूर्णताका सपना
केले झस्काईरहेछ, जगाई रहेछ यसरी !
अस्थिरताका झोक्काहरु
एक्कासी आक्रमण गर्छन र
बिस्तारै सेलाएर हराए झैं गर्छन
फेरी अर्को आगमनलाई ज्युँदै छाडेर |

No comments:

Post a Comment