च्यातिदेऊ जबर्दस्ती यी कायर मुटुहरुलाई
अपरेसन गरेरै भएपनि
एउटा वलियो मुटु फेर्नुपर्छ
अब आउने जे सुकै जीवाणु पनि
यसले चपाईदिन सक्नुपर्छ
कति तड्पीरहन्छौ यार
जाबो एउटा कमजोर मुटुकै कारणले ?
साध्य हुँदैन यसरी पालेर घाउहरु
सम्भव हुँदैन यसरी स्याहारेर दिक्दारीहरु
फोरिदेऊ निचोरिदेऊ सारा यिनीहरुलाई
बरु दुख्छ भनेपनि दुखोस् एकपल्ट
बरु असह्य भएपनि सहनुपर्छ एकछिन
नत्र
मृत्यु को रुपमा बाँचेको जिन्दगीको के अर्थ ?
अँध्यारो कुनामा चुपचाप जिएको के सार ?
त्यसैले त
च्यातिदेऊ जबर्दस्ती यी कायर मुटुहरुलाई
अपरेसन गरेरै भएपनि
एउटा वलियो मुटु फेर्नुपर्छ
No comments:
Post a Comment