Saturday, August 20, 2011

कामना


त्यो कालो धुमको मुस्लो, त्यो रातो रक्तको भेल 
निरिह जनता माथि अनेकौं शकुनी खेल 
हजारौं जिन्दगि व्यर्थै युद्धको अग्निमा होमी 
प्रचण्ड रापमा जल्दै मुर्झायो बुद्धको भूमि   

बारुदी गन्धले फेरि नढाकोस  हाम्रो यो नभ 
सेताम्मे परेवा जोडी निस्फिक्री उड्न देउ अब 
फूलको हाँसो झैँ दिव्य मान्छेका चेहरा खुलून
शान्तिको अनुभूति होस् , खुशीले हिमचुली झुलून

यो नयाँ सालमा फेरि कामना यस्तो गर्दछौं 
प्रत्येक आउने दिनमा एक कदम अघि सर्दछौँ  
उन्नति आफ्नो गर्दामा अर्काको हित हेर्दछौं 
मिलेरै एक आपसमा चुनौती सब झेल्दछौँ 

No comments:

Post a Comment